Posts

Showing posts from May, 2018

Requirements to be done for Newly Registered Company

कम्पनी दर्ता भए पश्चात १ बर्षभित्र कम्पनीले गर्नुपर्ने प्रमुख कार्यहरु तथा पेश गर्नु पर्ने बिवरणहरु । कम्पनी संस्थापना भए पश्चात ३ महिना भित्र दफा १८४ बमोजिम कार्यालय स्थापनाको जानकारी कम्पनी संस्थापना भएको आ.व. भित्र शेयरधनीहरुले लिन कवुल गरेको शेयरको रकम दाखिला भए पछि शेयर बाँडफाँड गरी शेयर लगत तयार गरी १ महिना भित्र पेश गर्नु पर्ने तथा संचालक समितिको गठन गर्नुपर्ने छ । संचालन समिति गठन भए पश्चात कम्पनी ऐनको दफा ९२(३) को बिवरण र संचालक लगत तयार भएको ७ दिन भित्र पेश गर्नुपर्ने छ । कम्पनी संस्थापना भएको पहिलो पटकको लागि एक बर्षभित्र बाषिर्क साधारण सभा गरी सक्नु पर्ने छ । सो पश्चात आ.व. समाप्त भएको ६ महिना भित्र हरेक बर्षबाषिर्क साधारण सभा गर्नु पर्ने छ । यसरी बाषिर्क साधारण सभा भएको ३० दिन भित्र सो को बिवरण कार्यालयमा पेश गर्नु पर्ने छ । कम्पनी ऐन२०६३ को दफा ५१(३) को बिवरण प्रत्येक बर्षो बाषिर्क साधारण सभा हुनु भन्दा १ महिना अघि तयार गरी बाषिर्क साधारण सभा भएको ३० दिन भित्र कार्यालयमा पेश गरी सक